२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ९ जना डीएसपीहरूको काज सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०५, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।​​

जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ ।

यस्तै, कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ ।

यस्तैगरी, भोजपुरमा कार्यरत सुदिप राज पाठकलाई विशेष ब्युरोमा ल्याइएको छ । बैदाममा कार्यरत राजेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]