२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी रौतहटले अवैध सालको गोलिया काठसहित भारतीय गाडी पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०५, २०८१

 

रौतहट । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएको एसपी हुमागाईंले जानकारी दिएका छन्।बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!