२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बारा प्रहरीले २ लाख ६२ हजार बराबरको अबैध भन्सार छलिको समानहरु पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, साउन ०५, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न वमोजिमको अबैध भन्सार छलीका अंन्दाजि मुल्य रू.२ लाख ६२ हजार ४ सय १० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
१. प्रहरी ईकाइ:- जिल्ला प्रहरी कार्यालय बारा ।
मिति २०८१/०४/०४ गते अंन्दाजि १३:०० बजेको समयमा जिल्ला बारा कलैया उपमाहानगरपालिका वडा नं.८ स्थित सडक खण्डमा भन्सार छलिगरी BR 05 D 3423 मोटरसाईकलमा लोड गरी ल्याउदै गरेको काजु, सबु दाना र ट्याङ्क जुस गरी अंन्दाजि मुल्य रु.१,५२,०००/- (एक लाख बाउन्न हजार ) समान ।
२. प्रहरी ईकाइ:- प्रहरी चौकी कचोर्वा, बारा ।
मिति २०८१/०४/०४ गते अंन्दाजि २१:३० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया स्थित भन्सार छलिगरी ल्याउदै गरेको जेन्स बेल्ट, महिला पर्स, पुरूष पर्स अन्य कास्मेटिकस समानहरू गरी अंन्दाजि मुल्य रू.३१,७७० /- रूपैया बराबरको सामान नियन्त्रणमा ।
३. प्रहरी ईकाइ:- प्रहरी चौकी पथलैया, बारा ।
मिति २०८१/०४/०४ गते अंन्दाजि २३:५० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपलिका वडा नं.१ पथलैया चौक स्थित महोत्तरी बाट काठमाडौँ तर्फ जादै गरेको बा.प्र.०३-००१ ख २९७१ न.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रु. ७८,६४०/- रूपैया बराबरको २ बोरा टिसर्ट कपडा नियन्त्रणमा लिई आवस्यक कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायब उपरीक्षक सूचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!