२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिको गोदाममा छापा २० लाख भन्दा समानहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०७, २०८१

पर्सा । बिरगंज आदर्शनगर स्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीको छापामा २० लाख २ हजार पाँचसय मूल्य बराबरका भन्सार छलिका सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयका नायव सुब्बा विष्णु प्रसाद चौधरी सहितको संयुक्त टोलीले उक्त छापा मारेका हुन्।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुको संयुक्त टोलीले छापा मारी भारतबाट अबैध रूपमा भन्सार छलि ल्याइएको र गोदाममा भण्डारण गरिएको आलमण्ड, छोकडा, काजु, कपडा तथा मिटमसलाका सामानहरू बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेंद्र सिंहले जानकारी दिएका छन्।

बरामद गरिएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]