२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

६२ यात्रु बोकेको विमान दुर्घटना सबैको मृत्यु भएको पुष्टि

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन २६, २०८१

 

काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएकाे छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ । भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो । तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ । दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ । प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो ।

स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन् । भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५८ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनाको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन, र विमानस्थलमा रहेको टोलीले अनुसन्धान गरिरहेको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस दु:खद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “यो अत्यन्तै दुःखद घटना हो । पीडितका परिवार र साथीहरू प्रति मेरो हार्दिक सहानुभूति छ ।” विमान दुर्घटनाको सम्बन्धमा विस्तृत विवरण आउन अझै बाँकी छ । – बीबीसीको सहयोगमा एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।