२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

शनिबार काठमाडौंको क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने जानकारी

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन २६, २०८१

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ।

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]