२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

कपिलवस्तुमा तस्करी हुँदै भन्सार छलिको अवैध कपडा समानहरु प्रहरीले पक्राउ गर्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २८, २०८१

कपिलवस्तु । चाडबाडको समय सुरु भएसँगै कपिलवस्तुमा तस्करहरूको सक्रियता तीव्र भएको छ । रक्षाबन्धन र तीज जस्ता चाडहरू नजिकिँदै गर्दा तस्करहरूले भारतबाट विभिन्न अवैध मालसामानहरू नेपाल भित्र्याउन थालेका छन्। सीमा क्षेत्रमा तस्करी बढेसँगै सुरक्षाकर्मीहरूले निगरानी कडा बनाएका छन्।

रात्रिकालीन गस्तीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो मात्रामा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडा बरामद गरेका छन्। कृष्णनगरका दुई छुट्टाछुट्टै स्थानबाट ९ लाख बढीको कपडा बरामद गरिएको हो।

सुराकीका आधारमा कृष्णनगर वडा नम्बर-२ स्थित बैंक रोडमा बेवारिसे अवस्थामा ६ लाख बढीको १९ बोरा कपडा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए। उक्त कपडामा १७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपडा, र ८ थान टावेलहरू रहेका छन्।

त्यस्तै, सशस्त्र प्रहरीले कृष्णनगर नगरपालिका वडा नम्बर-५ बगहीबाट दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित ३ लाख १ हजार ४ सय बराबरको अबैध कपडा बरामद गरेको छ।

बरामद कपडामा ३७ पिस साडी, ८१ पिस कुर्ता सुरूवाल, र ७ पोका सुर्ती समावेश छन्। सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार तस्करहरूले यूपी ५६ ई ५९८३ र यूपी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकलमा कपडा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए।

बरामद गरिएका सामानहरू कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ। कपिलवस्तुमा तस्करी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]