२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

रुस र युक्रेनबिचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढायो बस्ती खाली गर्दै

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन २८, २०८१

 

काठमाडौं । मस्को आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको  बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत जारी गरेको भिडियोमा क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गर्नुभयो । रुसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिनुभयो । यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सीमामा विपक्षीका गतिविधि बढेको जनाउँदै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]