२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पदभार पछी एआईजी किरण बज्राचार्यद्वारा नागरिकको सुरक्षमा अहोरत्र खत्न निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २८, २०८१

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नु पर्ने बताउनुभयो ।
हरेक प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको क्षवि उच्च हुने बताउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।
आधुनिक समयमा आपराधिक समूहद्वारा फरक-फरक तवरबाट आपराधिक गतिविधि गरिने हुँदा सूचना सङ्कलनमा प्रभावकारीरूपमा लागी प्राप्‍त हुन आएका सूचनालाई बिधि, प्रविधि र प्रहरीको प्रभावकारी तवरले परिचालन गरी काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यले यस कार्यालयको काम, कर्तव्य तथा क्षेत्राधिकार सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।