२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बाराको सिम्रौनगढमा भारतबाट ल्याएको माछा खाएका एकै परिवारका ३ जनाको मृत्यु

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन २९, २०८१

 

बारा । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा छोरीहरू नौ वर्षीया लालिमा राम र सात वर्षीया पुष्पा राम तथा पाँच वर्षीय छोरा कृष्णन्दन रामको ज्यान गएको हो ।

शनिवार नरेश रामले भारतबाट आएका व्यापारीबाट माछा खरिद गरेका थिए । राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका बच्चाहरूको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई अस्पताल लगेपनि तीनै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुने विद्यार्थीलाई सभ्यता पाठशालाको बिदाइ ‘अन्तर्राष्ट्रिय प्रतियोगिता पुरस्कार जित्ने मात्र होइन, प्रतिभा चिनाउने र आत्मविश्वास बढाउने अवसर हो’ : प्रियासन घोराही। सभ्यता पाठशालाले भारतको लखनौमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कोफाज २०२६ मा सहभागी हुन जाने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यार्थीको प्रतिभा, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा विद्यालय तथा […]

  चितवन । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको छ ।

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]