२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बुधबार पनि मौसमका कारण देशभरका विमानस्थलमा उडान प्रभावित भयो

Logo
Abc Sanchar प्रकाशित बुधबार, भाद्र ०५, २०८१

 

काठमाडौं । खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रियय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एअर चाइनाको विमान ुडाइभर्टु भएको छ । बिहान १० बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको यो विमान खराब मौसमका कारण डाइभर्ट भएको हो ।

अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएपनि अहिले अवतरण हुन थालेका विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ ।

भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एअरको विमान आज बिहान नेपालगञ्ज डाइभर्ट भएको थियो । मौसमकै कारण हिजो पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर ठाउँको केही उत्तर दिशातर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!