दाङ । घोराही महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढा मगरको अध्यक्षता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजेश शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शाहीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणलाई ट्राफिक प्रहरीले प्राथमिकता दिएको जानकारी दिनुभयो । सवारी साधन रफ चलाएर उत्कृष्ट हुन खोज्ने गलत धारणालाई बदल्न स्लो स्कुटी रेसले थोरै भए पनि सहयोग गर्ने उहाँको भनाइ थियो ।
वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयले घोराही तुलसीपुर चल्ने गाडीको आपसी प्रतिस्पर्धाले सवारी दुर्घटनाको चुनौती थपेको बताउनुभयो । सवारी चालकलाई बाहिर बोलाएर नगद कारोबार गर्ने काम बन्द गर्न आग्रह गर्नुभयो । सो रेसमा कृष्णाकुमारी अधिकारी (शोभा) प्रथम, भीमा डिसी द्वितीय र इन्द्रा बुढाले तृतीय स्थान हासिल गर्नुभएको थियो । उहाँहरुलाई मेडल, शिल्ड, प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो ।
कार्यक्रम सफल पार्न प्रमाणपत्र सहयोग गर्ने दलित सेवा संघका अधिृकत छबि परियार र लमही जेसीजका पूर्वअध्यक्ष दुलनदास चौधरी, मायाको चिनो सहयोग गर्ने ॐ सोफिया व्युटिपार्लर घोराहीका सञ्चालक सोफिया क्षेत्री, लायन्स क्लव अफ घोराही सिटीका कोषाध्यक्ष चेतन बस्नेत र दाङ महिला जेसीजका पूर्वअध्यक्ष बिन्दु गिरी र कार्ड सौजन्य गर्ने मातृशाखा सदस्य किरण गौतम र व्यानर सौजन्य समाज कल्याण दाङले गरेका थिए ।
बिन्दु डाँगीको आस्था पाठबाट शुरु भएको कार्यक्रममा मूल संयोजक एवं कार्यकारी उपाध्यक्ष मीना भण्डारी वलीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । प्रकरण निर्देशक लक्ष्मी चौधरीले संयोजन गर्नुभएको कार्यक्रममा कार्यकारी उपाध्यक्ष अर्चना शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सहजीकरण महासचिव सुनिता अधिकारीले गर्नुभएको थियो ।