२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महेन्द्र वहुमुखी क्याम्पस दाङमा सुतलि वम जस्तो देखीने शंकास्पद वस्तु फेला २ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

 

दाङ । घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पसमा शंकास्पद बस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङवाट पुगेको प्रहरी टोलिले सुतलि वम जस्तो देखीने शंकास्पद बस्तु फेला परेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपि राम प्रसाद तिमल्सिनाले क्याम्पसमा शंकास्पद बस्तु फेला परेको र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मोटरसाइकीलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा आएर सुतलि वम पड्काएर भागेको र उनिहरुलाई भाग्नेक्रममा पक्राउ गरेको उनले बताए । उनका अनुसार पक्राउ पर्नेमा प्लस टु सकेका अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । उनिहरु दुवै जना घोराही निवासी रहेको र पक्राउ परेका विरुद्ध घटना वारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाले रमाइलोका लागी वम पड्काएको स्विकार गरेको प्रहरीलाई वयान दिएका छन् । सुतलि वमजस्तो मानिने शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनासंग पनि सम्पर्क भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!