२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको विकासको कोशेढुंगा बन्न सक्छ ! सविन प्रियासन

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

 

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुनु दाङ क्षेत्रको लागि एक महत्वपूर्ण उपलब्धि हो । यो संस्था केवल स्वास्थ्य सेवाको प्रदायकमात्र नभएर, शैक्षिक क्षेत्रमा पनि जिल्लाकै गौरबमय संस्थाकारुपमा स्थापित हुने लक्षण देखा परेको छ । प्रतिष्ठानले दाङ र यस आसपासका क्षेत्रका जनताका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । यसले स्थानिय जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । साथै, यस क्षेत्रका विद्यार्थीलाइ चिकित्सा शिक्षा प्राप्त गर्न सहजता मिलेको छ ।

हाल प्रतिष्ठानमा एमडी, नर्सिङ तहको पढाई सञ्चालन भैरहेको छ भने निकट भविष्यमा एमबीबीएस तहको पढाई पनि शुरू गरिने तयारी भैरहेको छ । यसले स्थानीय विद्यार्थीलाई स्वदेशमै उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । यस प्रतिष्ठानको स्थापना र प्रगतिको लागि यसक्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरु सबैको महत्वपूर्ण भूमिका रहेको छ ।
विगतमा दाङमा स्वास्थ्य सेवा र शैक्षिक अवसरको अभाव थियो । जनतालाई राम्रो उपचार र उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्न काठमाडौं लगायतका ठूला शहर अनि देश बाहिर समेत जानुपर्ने बाध्यता थियो । तर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापछि यी समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अहिले प्रतिष्ठानले स्वास्थ्य उपचारमा उल्लेखनीय सुधार गरेको छ, जसको कारण जनताले सहज र गुणस्तरीय सेवा प्राप्त गर्न थालेका छन् । एकपछि अर्को जटिल रोगको उपचार यही हुन थालेको छ । बिरामी रिफर हुनेक्रम ज्यादै न्यून भएको छ भने प्रतिष्ठानमा उपचारका लागि बाहिरि जिल्लाबाट समेत मान्छेहरु आउनेक्रम बढेको छ ।

प्रतिष्ठानको स्थापना र विकासमा यसक्षेत्रका राजनीतिक नेताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । विशेषतः नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले यस संस्थाको शैक्षिक कार्यक्रम सञ्चालनका लागि केन्द्रमा निकै पहल गरिरहनु भएको छ । उहाँको पहलले प्रतिष्ठानमा एमडी तहको पढाई शुरू भैसकेको छ भने अब निकट भविष्यमै एमबिबिएसको पढाई हुन लागि रहेको छ । एमाले महासचिव पोख्रेलसहित प्रतिष्ठानलाई अगाडी बढाउन सबै जसो राजनीतिक दलका जिल्लस्थित अगुवा नेताहरुले पनि सुरु देखि आजसम्म सकारात्मक भूमिका खेल्नु भएको छ । यसका लागि सबै नेताज्यूहरु बधाईको पात्र हुनुहुन्छ । जिल्लाको विकाससँग जोडिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आजको दिनसम्म आउँदा यस क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्न र स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पाउन भरपर्दो र सजिलो संस्थाकारुपमा स्थापित भएको छ छ ।

प्रतिष्ठानको स्थापना र विकासका लागि यस क्षेत्रका नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरू लगायत सबैको सामूहिक प्रयास रहेको छ । नागरिक समाजले लगातार जनचेतना अभियान चलाएको थियो जसले गर्दा स्थानीय जनतामा स्वास्थ्य र शिक्षाको महत्वबारे जनचेतना फैलियो । उद्योगी व्यवसायीहरूले आर्थिक सहयोग पु¥याएका थिए भने सञ्चारकर्मीहरूले प्रतिष्ठानको स्थापनाका लागि आवश्यक जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिष्ठान स्थाना गर्ने सरकारले निर्णय गरेपछि दाङ उद्योग वाणिज्य संघ संयोजक, नेपाल पत्रकार महासंघ दाङ सदस्य सचिव रहेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति गठन भएको थियो । जसमा नागरिक समाज लगायत यहाँका सरोकारवाला केही संस्थाहरु सदस्य रहेका थिए । उवासंघको तर्फबाट नारायण भुसाल संयोजक र नेपाल पत्रकार महासंघको तर्फबाट म स्वयं सविन प्रियासन सदस्य सचिव रहेर प्रतिष्ठानको विकासका लागि हामीले भूमिका खेलेका थियौ । त्यतिबेला सरोकार समितिको तर्फबाट प्रतिष्ठानको हितका लागि काठमाडौं डेलिगेशन जाने देखि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी चलि रहेको छ र राप्तीलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर अध्ययन गर्न समेत सरोकार समिति पुगेको थियो । जिल्लामा देखा परेका समस्यालाई समाधान गर्दै प्रतिष्ठानको विकासका लागि जग्गाप्राप्ति देखि सिंगो समाजमा सकारात्मक माहोल बनाउन सरोकार समितिले दिनरात नभनि काम गरेको थियो । त्यतिबेला संयोजककारुपमा नारायण भुसाल, सदस्य सचिवका रुपमा म स्वयं, सदस्यकारुपमा नागरिक समाज तत्कालिन अध्यक्ष चन्द्रराज पन्त, राजनीतिक दलका केही नेता साथीहरु अलि बढि क्रियाशिल थियौ । प्रतिष्ठान स्थापना गर्ने सवालमा युवा नेता जीवन गौतम, डा. जनार्दन पन्थीलगायतका केही व्यक्तित्वहरुको पनि निकै नै महत्वपूर्ण योगदान छ । यतिबेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व दाङकै डा.विकास लामीछानेले गर्नु भएको छ । उहाँको कार्यकौशलता मनन् गर्न योग्य छ भन्ने कुरा पछिल्लो समयमा प्रतिष्ठानको शैक्षिक गतिविधिहरु एकपछि अर्को थपिदै जानुले पनि
गरिसकेको छ । यस बाहेक पनि प्रतिष्ठानको पदाधिकारीमा यतिबेला जेजति बाहल हुनुहुन्छ उहाँहरु सकारात्मक सोँचसहित प्रतिष्ठानको हितमा लागि रहनु भएको छ । सबै मिलेपछि कुनै पनि संस्थाले प्रगति गर्छ भन्ने कुरा प्रतिष्ठानको दिनदिनैको प्रगतिले स्थापित गरेको छ ।

प्रतिष्ठानको बारेमा कुरा गरिरहँदा विगतमा प्रतिष्ठानको नेतृत्व सम्हाल्नु भएकी डा संगीता भण्डारीले पनि स्थापनाकालका जटिल दिनहरुलाई सम्हालेर रचनात्मक काम गर्नु भएकै हो । उहाँको टीमले पनि सुरुका असहजतालाई पार लगाउँदै प्रतिष्ठानको विकासको सवालमा खेलेको भूमिका समग्रमा प्रशंशनीय छ ।

आज समय र परिस्थितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिलाई सक्रिय बनाउन जरुरी देखिएको छैन । तथापी हामीहरुले अहिले पनि प्रतिष्ठानको हितका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोगको भूमिका खेलिरहेका छौं । हामी अहिले पनि के विश्वासमा छौ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलता समग्र दाङको विकासको कोशेढुंगा बन्न सक्छ । प्रतिष्ठान स्थापना भएपछि केही समस्याहरु तत्कालिनरुपमा देखा परेकै हुन । सबैजसो समस्या यतिबेला समाधान भैसकेको अवस्था छ । प्रतिष्ठानलाई अगाडी बढाउन प्रतिष्ठानका पदाधिकारी, कर्मचारी संयन्त्रहरुको पनि महत्वपूर्ण भूमिका छ । प्रतिष्ठानलाई सही मानेमा गतिशिल बनाउन पदाधिकारीहरुले अव्वल काम गरेका छन् । स्थापनाकालदेखि अहिलेसम्मका प्रतिष्ठानका पदाधिकारीहरुकै कार्यकौशलताकै कारण भन्नुपर्छ राजनीतिक नेतृत्व, सरोकारवाला निकायहरु पछिल्ला दिनसम्म आउँदा सबैपक्ष प्रतिष्ठानको हितमा उभिने अवस्था सिर्जना भएको छ । यसको लागि पनि प्रतिष्ठानको नेतृत्व बधाईको पत्र छ । प्रतिष्ठानको सफलतालागि आउँदा दिनहरुमा पनि यहाँका सरोकारवाला निकायहरुलाई थप जिम्मेवार बनाउन प्रतिष्ठानले कुनै न कुनै रुपमा छलफल, अन्र्तक्रिया गरिरहनु पर्छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ र आसपासका क्षेत्रका जनताका लागि उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । यसको विकासका लागि हामी सबैको दायित्व रहेको छ । हामीले प्रतिष्ठानको प्रगति र विकासका लागि आवश्यक सहयोग पु¥याउनु पर्छ । प्रतिष्ठानलाई अझ सशक्त बनाउँदै यसलाई देशकै उत्कृष्ट स्वास्थ्य तथा शैक्षिक संस्थाको रुपमा विकास गर्न हामी सबैले आ–आफ्नो तर्फबाट योगदान दिनु आवश्यक छ ।

यस प्रतिष्ठानले दाङ क्षेत्रको आर्थिक, सामाजिक, र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतिष्ठानको प्रगति र यसको सेवा तथा शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाउन आवश्यक सहयोग पु¥याउनु हाम्रो दायित्व हो । यसले स्थानिय जनतालाई उत्कृष्ट स्वास्थ्य सेवा र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नेछ । प्रतिष्ठानको विकाससँगै दाङको समग्र विकासको सपना पनि साकार हुनेछ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र विकासमा सबैको सामूहिक प्रयासले यस क्षेत्रको स्वास्थ्य र शैक्षिक क्षेत्रमा महत्वपूर्ण सुधार ल्याएको छ । आगामी दिनहरूमा पनि हामी सबैले यस प्रतिष्ठानको प्रगति र विकासका लागि आवश्यक कदम चाल्नुपर्नेछ । यसले हामीलाई स्वस्थ र समृद्ध समाज निर्माण गर्न सहयोग पु¥याउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!