२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तीन देशले इन्टरपोलको कार्यकारी कमिटी निर्वाचनका लागि नेपालको सहयोग माग्यो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

 

काठमाडौं । उनीहरूले नेपाल प्रहरीसँग सहयोग मागेका हुन्। तीनमध्ये दुर्ई देश चीन र भारत हुन् भने अर्कोमा कतार रहेको छ। अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ।

आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ। कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ र अफ्रिका महादेशबाट ३ जना निर्वाचित हुनेछन्।

उक्त कमिटीको कार्यकाल चार वर्षको हुनेछ। इन्टरपोलको हेडअफिस फ्रान्सको लियोनमा छ भने यसको सदस्यता १९६ मुलुकले लिएका छन्। नेपाल सरकारले भने संयुक्त राष्ट्रसंघमार्फत इन्टरपोलका निम्ति वार्षिक ०.०३ खर्च उपलब्ध गराउँदै आएको छ जुन युरो १८ देखि २० हजारसम्म हुने गर्छ। संस्थाले अन्तर्राष्ट्रिय कानुन, क्रस बोर्डर, अन्तर्राष्ट्रिय अपराध तथा आतंकवाद नियन्त्रणका निम्ति तालिम दिने गर्छ। साथै, नेपाल प्रहरीलाई अपराधी सुपुर्दगी गर्नेदेखि विभिन्न तालिममा सहयोग गर्दै आएको छ।

अहिले संयुक्त राष्ट्रसंघमा सशस्त्रबाट एक र नेपाल प्रहरीको दुर्ई जना गरी तीन जना सल्लाहकारका रूपमा कार्यरत छन्। प्रहरीका एसपी अमरेन्द्र सिंह र डिएसपी शर्मिला गुरुङ हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले २०८१ श्रावण महिनाभर रु. ५० लाख १२ हजार २ सय ५० बराबरको अबैध भन्सार छलिको सामान , २ वटा जिप , एउटा मोटरसाईकल र १ जना मानिस पक्राउ गरी सम्बन्धित निकायमा पठाएको छ । अबैध रुपमा भारतबाट ल्याएको अन्दाजी रु. १ लाख ६० हजार बराबरको १६०० वटा ब्रोईलर […]

  काठमाडौं । भदौ १६ गतेबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्न, नगराउन तथा त्यस्तो आधारमा कुनै पत्राचार नगर्न नगराउन हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ। यस्तै पदीय जिम्मेवारीमा परिवर्तन नगर्न नगराउन तथा प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ। सर्वोच्चले पूर्ण सुनुवाइका लागि असोज १० गते पेशी […]

error: Content is protected !!