बारा । विशेष सुचनाको आधारमा यस कार्यालय मातहत निम्न प्रहरी ईकाइ कार्यालय समेत बाट खटिएको प्रहरी टोलीले निम्न स्थानमा निम्न गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको निम्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारा पठाईएको व्यहोरा सूचित गरिन्छ ।
१. जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ।
• मिति २०८१/०५/०५ गते अं.२१:४५ बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उप- महानगरपालिका वाड नं.७ जीतपुर स्थितमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको को ट्रकमा लोड गरेको अ.मुल्य रू. ३३,३२,२२६/– बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा
• ऐ.ऐ.अं.२३:३० बजेको समयमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरेको अं. मुल्य रू. २८,९५,७१३/– बराबरको Ladies Suit, Glass prem samite,Water proof glue लगायतका अन्य खुद्रा समानहरू नियन्त्रणमा ।
२. प्रहरी चौकी पथलैया बारा ।
• मिति २०८१/०५/०५ गते अं.२३:५० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं. मुल्य रू. ६६,९०,१३१/- बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्रीह तथा अन्य खुद्रा सामानहरू नियन्त्रणमा ।