२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईको स्वागत एवं पदभार ग्रहण

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन १५, २०८१

 

सुर्खेत । नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको च.नं.१५६० मिति २०८१।०६।०६ गतेको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा काज सरूवा हुनु भएका श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक डिआईजी जनक भट्टराईलाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंजका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट

नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत हाल नेपालगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्जिव शर्मा दास प्रहरी उपरीक्षक प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षक लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गर्नुभएको छ ।
स्वागत पश्चात प्रहरी नायव महानिरीक्षकज्यूले सलामी ग्रहण गर्नुभई अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी कर्णाली प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]