२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

छाडा चौपायाका कारण हुनसक्ने दुर्घटना रोक्न वडा प्रहरी नेपालगन्जद्वारा टल्किने रिफ्लेक्टर स्टिकर तास्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन १६, २०८१

 

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ र ६ मा विशेषगरी रातको समयमा छाडा चौपायाबाट हुने दुर्घटनाको जोखिम बढेपछि, प्रहरी प्रशासनले चौपायाको घाँटीमा टाढैबाट देखिने टल्किने रिफ्लेक्टर स्टिकर लगाउन थालेको छ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक अरुण बमका अनुसार, यो अभियानको उद्देश्य सवारी साधन र पैदल यात्रीलाई सुरक्षित बनाउन र दुर्घटनाको जोखिम घटाउन हो। रातिको समयमा छाडा चौपायाको उपस्थितिले सवारी साधनको ठक्करबाट हुने दुर्घटनालाई ध्यानमा राख्दै यो उपाय अपनाइएको हो।

प्रहरी निरीक्षक बमले दिनुभएको जानकारी अनुसार, स्टिकर टाढैबाट टल्किने भएकाले रातिको समयमा सवारी चालकले सजिलै देख्न सक्छन्, जसले गर्दा दुर्घटना घटाउन मद्दत पुग्नेछ। तर, यो काम चुनौतीपूर्ण बनेको छ। उहाँले भन्नुभयो, “प्रहरीको युनिफर्म देखेर गाईबस्तुले झम्टिन खोज्ने भएकाले स्टिकर लगाउन सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।”

नेपालगन्जको छाडा चौपाया व्यवस्थापनलाई स्थायी समाधान दिन धेरै योजना बनाइए पनि हालसम्म ठोस नतिजा आउन सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]