२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

दाङ भ्यालीको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा सम्पन्न

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आश्विन १६, २०८१

 

दाङ । घोराही दाङ भ्याली यातायात प्रा.लिको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङको घोराहीमा अयोजित कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्योपानेकोले तिन पाङ्ग्रे अटो टेम्पोले धेरै रोजगारी श्रृजना गरेको र यस्को समरक्षणमा कुनै पनि नितीगत समस्या भए सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यले दोहोरो करका मार नपर्ने गरी ब्यवसायीलाई सहजिकरण गर्नुपर्ने उहाँको भनाई थियो ।

यस्तै दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष बेत प्रकाश वलीले ब्यवसायी बिचमा भएका समस्याहरुलाई राख्नुभएको थियो । दोहोरो कर अन्त्य हुनुपर्ने, अन्तरपालिका बाटो ईजाजत दिनुपर्ने, अस्थाई बाटो ईजाजत पटकेको ब्यवस्था गरिनुपर्ने लगाएतका समस्या रहेको हुदाँ समाधानका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थापनाकाल देखि संस्थामा आबद्ध रहेका उत्कृष्ठ ६ जना चालकरहरुलाई र स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने १४ जनालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

यस्तै कार्यक्रममा घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरमा अटो टेम्पोको संख्या धेरै हुदाँ समस्या भएको बताउनुभयो । उहाँले अटो टेम्पो सञ्चालन स्थानिय सरकारको एकल अधिकार भित्र पर्ने भएकाले कानुन बनाएर यस्को ब्यवस्थापनमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, उद्योग बाणिज्य संघ दाङका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक लोकराज पराजुली शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा भर्खरै जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रशाद तिमिल्सिनालाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले अटो टेम्पोका चालकहरुलाई प्रशिक्षण गरिएको थियो । दाङ भ्याली यातायात प्रा.लिका घोराही शाखा संयोजक बलजित दमाईको स्वागत मन्तब्यबाट सुरु भएको कार्याक्रमको सहजिकरण संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]