२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसंग सहकार्य गर्छाैं:मुख्यमन्त्री आचार्य

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, आश्विन १७, २०८१

 

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरकाे उद्घाटन गर्दै नागरिकलाई निराेगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने बताउनु भएको हाे ।`नितिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरु संग सहकार्य गर्न तयार छ´उहाँले भन्नुभयाे-´समुदायलाई निराेगी बनाउनु छ, नसर्ने राेगकाे समस्या बढ्दाेछ । निराेगी बन्न हाम्राे जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।´ स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने बताउनु भयाे । लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे अवस्था उच्च रहेकाे भन्दै सुधारका लागि सामुदाय संग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेकाे स्पष्ट पार्नु भयाे । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाकाे लागि लगानी बढाएकाे, देशकै ठूलो अस्पताल निर्माणकाे काम सुरु भएको जानकारी दिदै निराेगी प्रदेश बासि बनाउने अभियानमा सरकार रहेकाे बताउनु भयाे ।

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलाइसिस सेन्टरको उद्घाटन गर्नु भएको हो । मृगौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । मृगौला फेल भएका बिरामीहरु यस अघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । दश वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ । लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । चार वटा शाखा र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थिले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउनु भयो । नसर्ने रोगबाट मानिसहरु धेरै पिडित हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गर्भरन राजेन्द्र प्रसाद ध्वजु, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमी नगरपालिकाका प्रमुख केशवु श्रेष्ठ, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौला रोग बिशेषज्ञ डा.रजत कायस्थ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । अस्पतालका निर्देशक बरिष्ट मुटुरोग बिशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]