रोल्पा । दशै तिहारलाई लक्षित सुरक्षा मिटिङ सुनिल स्मृति गा.पा.वडा नं.१ र २ का जनप्रतिनिधि र स्थानिय भद्रभलादमि,बुद्धिजिवि, यातायात व्यवसायी, होटल व्यवसायी, विभिन्न राजनितिक दलका प्रमुख, युवा वर्ग,सम्पुर्णको रोहवरमा कार्यक्रम गरियो। अमूल्य समय दिएर पाल्नु हुने सम्पुर्णलाई हृदय देखि इ.प्र.का.खुंग्री को तर्फबाट धन्यवाद🙏 साथै प्रस्ताव निम्न प्रकारका छन १, होटल रातको १० बजे सम्म मात्र खोल्न बिक्रि वितरण गर्न पाउने, २, १८ वर्ष भन्दा कम उमेरका केटा केटिलाई मदिरा बिक्रिवितरण गर्न नपाउने, ३, जुवातास खेल्न नपाउने, ४,

यातायात टिकट काउटरवाट जथाभावि भाडा असुल्ने, डबल टिकट काट्न नपाउने, भाडादर रेट सबैले थाहा पाउने किसिमले राख्ने टास्ने, ५, तिहारमा भैलो खेल्दा गाउँ टोलमा समिति बनाउने र त्यहि समितिको अगुवाईमा बेलुका १०बजे सम्म मात्र खेल्ने पाउने,साथै साउण्ड सिष्टम प्रयोग गरि ध्वनी प्रदुषण गरि भैलो खेल्न नपाउने सर्वसम्वतबाट निर्णय गरियो । कसैले यसको दुरुपयोग गरेको खण्डमा काकून बमोजिम कार्वाही हुने छ । इलाका प्रहरी कार्यालय खुंग्री प्रहरी परिवार अनुरोध🙏