२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत हवलदार अनिल कुमार दहाल जेल चलान

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

 

काठमाडौं । चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गरेको भन्दै उनी जेल चलान भएका हुन्।

प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएको बताइएको छ। जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

स्रोतका अनुसार एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन्। चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन्।

त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ। उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन्।

२९ भदौमा दाहालले ती महिलालाई फोन गर्छन्। चोर पक्राउ परेको भन्दै ठमेलमा आउन भन्छन्। तर, प्रहरी चौकीमा होइन होटलमा।

सञ्चरकोष अगाडिको ड्रंकेन इन प्रालिको ३०१ नम्बर कोठामा लिएर जान्छन्। जहाँ दाहालले आफुसँग जबरजस्ती सम्बन्ध राख्न खोजेपछि भागेको पीडित महिलाको जाहेरी उल्लेख छ।

बयानमा हवल्दार दाहालले महिलालाई होटलमा लिएर गएको स्वीकार गर्छन्। तर, आफुले शारिरीक सम्बन्ध राख्न खोजेको विषय स्वीकार गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!