२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नेपाल प्रहरीको आधिकारिक पेज बाहेक फेसबुक आफूखुशी प्रयोग नगर्न प्रहरीहरुलाई निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका निम्ति पुनः सर्कुलर जारी गरेको छ।

वर्दीको कुनै पनि पहिचान प्रयोग गरी सामाजिक सञ्जालको माध्यमबाट सामग्री सम्प्रेषण गर्दा नेपाल प्रहरीको सञ्चार नीति २०६० मा आधारित रहेर गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यस्तै, प्रहरी कार्यालयको नाममा खोलिने फेसबुकलगायत पेजहरु सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै हेडर्क्वार्टरले व्यक्तिगत प्रोफाइलको रुपमा खोलिएका पेज तत्काल बन्द गर्न निर्देश गरेको छ।

एकभन्दा बढी पेज भएका कार्यालयको आधिकारिक पेज निर्क्यौल गरी अन्य पेज बन्द गर्न, सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख रहने इकाइभन्दा तल्लो निकायमा सामाजिक सञ्जालको प्रयोग बन्द गर्न पनि परिपत्रमा भनिएको छ। प्रहरी कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पेज खोल्दा प्रोफाइल फोटोमा नेपाल प्रहरीको आधिकारिक लोगो प्रयोग गर्नुपर्ने, सम्बन्धित कार्यालय परिसर,प्रहरी गतिविधि,सूचना वा सन्देशमूलक सामग्रीहरु राख्नुपर्ने जनाइएको छ।

पेजको नामाकरण गर्दा अंग्रेजीमा आफ्नो कार्यालयको पूरा नाम र स्थान लेख्नुपर्ने छ। यसरी खोलिएका पेजको जानकारी प्रहरी प्रधान कार्यालय,महानिरीक्षकको सचिवालय, सामाजिक सञ्जाल समन्वय डेस्कमा पठाउनसमेत निर्देशन दिइएको छ। प्रहरी कार्यालयको फेसबुकमा कुनै पनि सामग्री राख्नुअघि कार्यालय प्रमुख वा निजले तोकेको प्रहरी प्रवक्ताको स्वीकृति लिनुपर्नेछ।

सम्प्रेषण गरिएका सामग्री प्रहरी कर्मचारीको व्यक्तिगत छविलाई नभई संगठनको सकारात्मक गतिविधिलाई प्रस्तुत गर्ने खालको हुनुपर्ने छ। ‘प्रहरी अनुसन्धान, शान्ति सुरक्षा,व्यक्तिको गोपनीयता आदिमा प्रतिकूल असर पार्ने, विवादित हुनसक्ने, समाजमा भय उत्पन्न गराउन सक्ने वा प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रेषण गरिने छैनन्,’ परिपत्रमा भनिएको छ।

प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने खालका सामग्रीहरु सम्प्रेषण, लाइक,सेयर,ट्याग,कमेण्ट,लिंक सेयर गर्न पाईंदैन। सामाजिक सञ्जालको अनुगमन तथा प्रभावकारी सञ्चालनमा आवश्यक समन्वय र सहयोग गर्न महानगरीय तथा प्रत्येक क्षेत्रीय कार्यालयमा फेसबुकलगायतका क्षेत्रीय समन्वय सामाजिक सञ्जाल समन्वय सेल गठन गर्न पनि प्रहरी हेडक्वार्टरको निर्देशन छ।

उक्त सेलले प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको सामाजिक सञ्जाल समन्वय डेस्कसँग समन्वय गर्नुपर्ने छ। साथै, उक्त निर्देशनको अवज्ञा गर्ने कर्मचारीउपर प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कडा कारबाही हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]