२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

कञ्चनपुरमा मरेको हात्ती फेला

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन १९, २०८१

 

कंचनपुर । शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला परेको हो निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरका अनुसार निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला पारेको हो।

‘सुरूमा हेर्दा हात्ती गर्भवती भएको आशङ्का थियो। बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भिणी नभएको बताएका छन्, मृत्यु कारण रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने।

उनले चोरी सिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए।

‘बस्ती भन्दा ४५ किलोमिटर टाँड हात्ती मरेको भेटिएको छ। शरीरमा पनि घाउचोट छैन त्यसैले हात्ती मारिएको हो भन्न सकिने अवस्था छैन,’ उनले भने। प्राकृतिक ढंगले हात्तीको मृत्यु भएको हुन सक्ने उनले बताए।

‘हामीले हात्ती मृत फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ,’ उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ।’

जेसिबीले खाल्डो खनेर सेतो लुगाले ओढाएर अबिर लगाएर दाहसंस्कार गर्ने तयारी भइरहेको उनले बताए। हिजो नै हात्ती मरेको हुन सक्ने आशङ्का गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]