२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नारायणघाटदेखि काठमाडौँसम्म चल्ने ठूला सवारी साधनहरुमा सञ्चालनमा रोक

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन १९, २०८१

 

चितवन । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कात्तिक १ गतेसम्म ट्रेलर लगायत ठूला सवारी साधनलाई यस मार्गमा सञ्चालन गर्न नदिने निर्णय गरेको हो।

विभागका महानिर्देशक राजीव पोखरेलले दशैंका कारण यात्रुवाहक सवारीलाई प्राथमिकता दिनुपर्ने भएकाले यो निर्णय लिइएको जानकारी दिनुभयो। तथापि, खाद्यान्न, औषधि, तरकारी लगायतका अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन भने सञ्चालनमा रहन पाउनेछन्।

यस निर्णयले दशैंका बेला काठमाडौँ उपत्यकामा भित्रिने र बाहिरिने यात्रुहरूको सहज तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सहयोग गर्ने विभागको विश्वास छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, र उपभोक्ता सम्बद्ध संस्थाहरूसँगको छलफलपछि यो निर्णय गरेको जानकारी दिएको छ।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा आयात–निर्यातका सवारी साधनको हकमा भन्सार प्रज्ञापनपत्र र राजस्व बुझाएको रसिदको आधारमा तेस्रो मुलुकका ढुवानी सवारी साधनलाई भन्सार कार्यालय बन्द रहने अवधिबाहेक सञ्चालन गर्न दिइने पनि स्पष्ट पारेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]