२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मलेसियामा नवजात शिशुलाई नदी किनारमा फालेको आरोपमा एक नेपाली युवक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन १९, २०८१

 

काठमाडौं । मलेसियामा नवजात बच्चालाई फालेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छ्न । पेराकस्थित ताइपिङको सिम्पाङ लारुतमा हिजो बिहिवार नदी किनारमा नवजात शिशुको शव फेला परेपछि अनुसन्धानको क्रममा एक ३४ वर्षीय नेपाली युवकलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

ताइपिङका प्रहरी प्रमुख एसीपी मोहम्मद नासिर इस्माइलले ताइपिङ अस्पतालको आकस्मिक विभागले बिहान करिब ०३ः३२ बजे घटनाबारे जानकारी दिएपछि आरोपित नेपाली युवकलाई खोजतलास गरि पक्राउ गरिएको पुष्टि गरेका छ्न । तर पक्राउ पर्ने नेपाली युवकको नाम पहिचान भने खुलाएका छैनन् ।

बच्चालाई जन्म दिने युवती कम्बोडिया मुलकी रहेकी र उनकी प्रेमिका नेपाली युवक रहेको खुलेको छ । ती कम्बोडियाली महिलाले उपचारको क्रममा बच्चालाई अस्पतालमा जन्म दिएकी थिइन्, तर बच्चा घर नलगेर नेपाली युवक र ती महिला मिलेर बच्चालाई नदी किनारमा लगेर फाली दिएकी थिइन् ।

प्रहरीले सोधपुछ गर्दा ति युवायुवती ले आफू हरुले बच्चा जन्माएको तर जन्मिने बितिक्कै आफ्नो बच्चाको मृत्यु भएको दाबी गरेका थिए , र बच्चा पेटभित्रैबाट मरेकै जन्मिएको कारण फालीदिएको प्रहरी समक्ष स्वीकार गरेका छ्न ।

साथै ती संदिग्ध नेपाली युवकलेनै आरोप स्विकार्दै प्रहरीलाई बच्चा फालेको नदी किनारमा लिएर गएका थिए। प्रहरीलाई बच्चाको मृत शव फेला परेको छ । ति दुईजना विरुद्ध नवजात बच्चाको हत्या गरेको सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । साभार ,मलाया खबर मलेसियाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]