२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक महिला पक्राउ

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको हो । तर, उनी सहकारीको ऋणी होइनन् । रवि लामिछानेकै जस्तो आरोप पनि उनको होइन । सहकारीको रकमबाट ऋण लिएर कम्पनी खोलेको र अपचलन गरेको पनि देखिदैन । लामिछानेले जस्तो करोडौँको चेक काटेको पनि देखिदैन । तर, प्रहरीले उनलाई पक्राउ गरेर राखेको छ ।

प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्रबाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले बयानका लागि उनलाई पोखरा बोलाएको थियो । तर, प्रहरीले त्यतै राखिदियो ।

सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसँग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले बयान दिन आएकी लिलालाई पक्राउ गरेको जनाएको छ । यद्यपि, उनको नाममा ऋण र उनी ऋणी देखिएकी छैनन् ।

अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो ।

पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो । प्रहरीले लिलालाई प्रतिवादी बनाउने वा नबनाउने भन्ने बारेमा केही जनाएको छैन । तर, उनी ऋणी नभएकाले मुद्धा फितलो हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]