२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

ईप्रका जमुनाहले१५० ग्राम खैरो हिरोइन ब्राउन सुगरसहित २ जना जमुनाह नाकाबाट पक्राउ

Logo
सागर थापा प्रकाशित मंगलबार, आश्विन २२, २०८१

बाँके । नेपालगन्ज ईलाका प्रहरी कार्यालय जमुनाहाले चेकजाँचको क्रममा सोमबार बेलुका ५ बजेको समयमा पक्राउ गरेको हो पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला थाना नानपारा बस्ने बर्ष ४४ को सब्बिर अहमद खान रहेका छन । खानको शरीर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्ती बाट २ पोका र बाँकी बायाँ खल्ती बाट १ पोका लाघुऔसध खैरो हिरोइन १५० ग्राम फेला पारेको हो ।

भने पक्राउ परेका खानलाई सोधपुछ गर्दा उनसंग सम्पर्कमा रहेका बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने बर्ष २५ को बब्लु हलवाइ समेतलाई पक्राउ गरि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]