२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दशै पर्वलाई शान्ति पुर्ण रुपमा भय रहित बनाउन तालिम प्राप्त कुकुर सहित एसपी ढुंगेलले चेकिङ्गमा

Logo
रवि बर्णवाल प्रकाशित मंगलबार, आश्विन २२, २०८१

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी हिन्दु हरु को महान पर्व दशै ,तिहार, छठ पर्व जस्ता महान पर्वलाई सुरक्षीत तथा शान्ति पुर्ण रुपमा भय रहित बनाउन तालिम प्राप्त कुकुर सहितको चेकिङ शुरुआत गरेको हुन्। एसपी ढुंगेल पर्साकाे कमाण्ड सम्हाले देखी नै तस्करी चोरी पैठारी ग्याङ फाइट जस्ता क्रियकलाप हरु शान्त हुँदै गएको छ।

चाडपर्वको समयमा बढ्दो चोरी तस्करी, लागु औषध ओसार पसार नियन्त्रण,अपराधिक गतिविधिलाई निरुत्साहित पार्न कुकुर सहितको चेकिङ टोलिको शुरुआत गरिएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

चाडपर्वलाई लक्षित गरी मंगलवार बिहान ९ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डकचोकमा त्यस्तै रात्री काे समय ८ बजे पश्चात चोक चोकमा प्रहरी चेकिङ्ग दुरुस्त रूपमा भइरहेकाे छ। त्यस्तै पर्सा जिल्लामा रात्रीकाे समयमा अनावश्यक रूपमा हिँडडुल गर्ने लाई समेत नियन्त्रणमा राख्ने काम समेतकाे सुरूवात एसपी ढुंगेलले गरेका छन्। भने अहिले पर्सा जिल्लामा एसपी ढुंगेल काे नामले ठुला -ठुला तस्कर चोर २ नम्बरी व्यापारी समेत त्रासित भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक  रमेश कुमार तिमिल्सिनाको कमाण्डमा तालिम प्राप्त कुकुर स्नेपिङ सहितको चेक जाँच कार्यमा तिब्रता दिँदै चेक जाँच शुरू गरिएको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिएका हुन्। एसपी ढुंगेल काे आगमन पछि पर्सा जिल्ला बासीले पनि सुरक्षित महसुस गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]