२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

६९ औं प्रहरी दिवसको अवसरमा आयोजित पूर्व प्रहरीहरूसँगअन्तर्क्रिया दशैँको शुभकामना आदानप्रदान

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २२, २०८१

 

चितवन । नेपाल प्रहरीको ६९ औं प्रहरी दिवस, २०८१ को अवसरमा नेपाल प्रहरी शिक्षालय, भरतपुर, चितवनद्वारा आयोजित पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तर्क्रिया तथा बडा दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज मिति २०८१ असोज २२ गते यस शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साथै, उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीहरूले यस शिक्षालयले पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गरी बहालबाला कर्मचारीहरू र पूर्व प्रहरी कर्मचारीहरू बीचमा पुनर्मिलन हुने अपेक्षा समेत राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा यस शिक्षालयका निर्देशकज्यूबाट कार्यक्रममा उपस्थित भएको प्रति सम्पूर्ण उपस्थित पूर्व प्रहरी कर्मचारीहरूलाई धन्यवाद ज्ञापनको साथै बडा दशैँ, २०८१ को पावन अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रमका केही झलकहरु..

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।