२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सीमावर्ती भारतीय बजार रुपैडिहामा ग्राहकको किनमेलमा भीड नेपालगन्ज बजारमा सुनसान

Logo
सागर थापा प्रकाशित बुधबार, आश्विन २३, २०८१

बाँके । नेपालगन्ज नेपाली बजार भन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रुपैडिहातर्फ आकर्षित हुन थालेका हुन ।

दिनहुँ जसो समान खरिद गर्न ठूलो सङ्ख्यामा अहिले नेपाली सीमावर्ती भारतीय बजार रुपैडिहा आउन थालेपछि यहाँ भीड बढ्दै गएको रुपैडिहाका व्यापारीहरु बताउँछन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैँलगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमा पारी भारतीय बजार आउने गरेको रुपैडिहामा समान खरिद गरिरहेका नेपाली उपभोक्ता कमलेश यादवले बताए ।

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य ५० देखि १०० रुपैयाँसम्म सस्तो हुने भएकाले समान खरिद गर्न सीमा पारी जाने गरेको उनको भनाई छ । भारतीय सिमा सुरक्षा बल (एसएसवी)ले पनि दसैँका अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अरु दिनको तुलनामा भीड बढ्न थालेको छ ।

नेपाली ग्राहकले भारतबाट दाल, चामल, चिनी, खाने तेल, मसला, लगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी जहीर अन्सारीको भनाई छ । दसैँ, ईद, बकराईद लगायत हरेक चार्डपर्वको समयमा मालसामान खरिद गर्न धेरैजसो नेपाली ग्राहक सीमावर्ती भारतीय बजार जाने गरेकाले नेपालगन्ज बजारको रौनक हराउँदै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]