२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ठमेलमा रात्रि क्बलमा बालबालिकालाई प्रवेश गराउने दुई जना विरुद्ध प्रहरीले अनुसन्धान

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २३, २०८१

 

काठमाडौँ । जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी समर्थन गराएर काठमाडौँ प्रहरीले अनुसन्धान थालेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेलस्थित सिनेट क्लबमा कार्यरत सुर्खेत घर भएका सन्देश थापा र फायर डिस्कोमा कार्यरत ललितपुर घएका सनिप महर्जनलाई पक्राउ गरेको थियो । उनीहरू दुवै जना कर्मचारी हुन् । दुई वटा क्लबबाट १८ वर्ष भन्दा कम उमेरका ३ किशोरी र दुई जना किशोरलाई उद्धार गरेर अभिभावको जिम्मा लगाइएको एसपी आचार्यले जानकारी दिए ।

कानुन अनुसार १८ वर्षमुनिका बालबालिकालाई रात्रि क्लबमा प्रवेश गराउन मिल्दैन । काठमाडौँ प्रहरीले आरोपीहरू विरुद्ध बालबालिका सम्बन्धी ऐन–२०७५ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । सो कसुरमा ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]