२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बाँकेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २३, २०८१

 

बाँके । बैजनाथ गाँउपालिका वडा नं.५ बाँके स्थित बैजनाथ गाउँपालिकाको सभा हलमा इलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्र.ना.उ. धर्मराज भण्डारीको अध्यक्षतामा र बैजनाथ गाँउपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा बैजनाथ गाँउपालिकाका बिभिन्न राजनितिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधिहरु, बैजनाथ उद्योग बाँणिज्य संघ, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, भद्र भलादमी, युवा क्लब, बैजनाथ गाँउपालिका स्तरिय महिला संजालहरु, संचारकर्मी, बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र सर्वसाधरणहरु समेत गरी ७४ जनाको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरियो । प्रहरी निरीक्षक रेशमलाल पौडेलले संचालन गर्नुभएको कार्यक्रममा लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, महिला हिंसा,घरेलु हिंसा नियन्त्रण लगायत बिषयमा अन्तरक्रिया गर्नु भई उठेका सवालहरुको जवाफ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर राज पन्त , बैजनाथ गाँउपालिका उपाध्यक्ष निर्मला रोकाय अध्यक्ष प्रकाश बहादुर शाही र प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]