२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

सशस्त्र प्रहरी पर्साले ठुलो मात्रमा तस्करीको कपडा पक्राउ गरि भन्सार कार्यालय बुझायो

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २३, २०८१

 

पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको हो ।

महानगरपालिकाको नगवास्थित तीन घरमा छापामारी भण्डारण गरी राखिएका भन्सार छलीका सामान बरामद भएको सशस्त्र प्रहरी नायब निरीक्षक सुरज रिजालले बताए । उनका अनुसार सशस्त्र प्रहरीलाई भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।

तीनवटै घरबाट सशस्त्र प्रहरीले खास गरी सर्टिङ, सुटिङ तथा रेडिमेट कपडाहरू बरामद गरेको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ ।  बरामद सबै सामान थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]