२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

इजरायल डिफेन्स फोर्सले लेबनान क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पोस्टमाथि हमला

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २६, २०८१

 

काठमाडौं । लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते भएका छन्।

इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वररपल खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ।

घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ। श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गरेका छन्।

त्यस्तै फ्रान्स, इटाली र स्पेनका नेताहरूले जारी गरेको एक संयुक्त विज्ञप्ति इजरायलको कार्यको निन्दा गर्दै त्यसलाई तुरुन्तै अन्त्य गर्न आह्वान गरिएको छ।

हाल ५० देशका करिब १०,००० शान्ति सैनिक ८ सय नागरिक कर्मचारीसँगै लेबनानमा तैनाथ रहेको बीबीसीले जनाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]