२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नेपालगन्जको रामलिला मैदानमा शनिबार दिउँसो भव्य कार्यक्रमबिच रावणको पुत्ला दहन

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन २६, २०८१

 

बाँके । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।

उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव शनिबार दिउँसो शुरु हुनेछ । साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ ।

भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट आएका २५ जना कलाकारको समूहले नेपालगन्जमा विभिन्न सजावटका साथ रामलिला मञ्चन गरिरहेको छ । आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सम्पन्न गरिने रामलिला सञ्चालक समितिका सदस्य भरतकिशोर वैश्यले बताउनुभयो ।

उहाँले रामलिला मैदानमा शनिबार लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सयौँको संख्यामा सर्वसाधारणहरु आउने गरेको बताउनुभयो ।

दशहरा मेला लाग्नेस्थल वरपर विभिन्न स्टलहरु समेत राखिएका छन् । महोत्सवका सडकहरु झिलीमिली पारिएको छ, भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको छ ।

१५० वर्ष अघिदेखि आयोजना हुँदैआएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फुलवारी, धनुष यज्ञ, प्रशुराम, बाणासुर लिला, सिता स्वयम्बर, राम वनबास, दशरथ मरण, सिताहरण, लंकादहन र लक्ष्मण शक्ति बाण लगायत लिला प्रदर्शन गरिसकिएको रामलिला सञ्चालक समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]