२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज  

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आश्विन २७, २०८१

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज

बाँके । नेपालगन्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो ।

भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई सम्बोधन गर्दै पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियरलाई त्यहाँबाट हटाएर जमुनाहा नाकामा सारिएको राजस्व चुहावट नियन्त्रण समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

प्रजिअ रिजालले ब्यारियरलाई नाकामा सार्नुका साथै बन्द हुने समय पनि आधा घण्टा बढाएर राति साढे १० बजेसम्म गरिएको बताउनुभयो । नेपाल र भारत नाकाको भारततर्फको गेट भारतले १० बजेर १५ मिनेटमा बन्द गर्ने हुँदा नेपालीलाई आफ्नो नाकामा छिर्न साढे १० बज्ने भएकाले अबदेखि नेपालतर्फको गेट साढे १० बजे बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले भन्सार नजिकको ब्यारियर नाकामा सारिएपछि यस क्षेत्रका नेपालीलाई आवश्यक कामले कुनै पनि बेला नेपालगन्ज आउन जान सहज भएको बताउनुभयो ।

उहाँले यसअघि पिप्रहवा र जयसपुर क्षेत्रका नेपाली बिरामी परेपछि वा अन्य कुनै बिशेष कामले रातिको समयमा उनीहरुलाई नेपालगन्ज आउन र फर्किन समस्या हुने गरेकोमा अब सहज भएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले ब्यारियर सार्दा आफ्नो गाउँका वासिन्दालाई राति हिड्न सहज भएको हुँदा खुशी लागेको बताउनुभयो ।

बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनताको मागलाई ध्यानमा राखेर ब्यारिएर सारिए पनि सुरक्षाचौकी निरन्तर राखिने बताउनुभयो । सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै नेपालगन्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियर’ हटाउन वा रातिको समयमा खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन विभिन्न राजनीतिक दलका नेताहरुदेखि सर्वसाधारणसम्मले यसअघि पटक पटक माग गर्दैआएका थिए ।

सो क्रममा नेकपा (एमाले) बाँकेका उपसचिव किशोर थापा, नेपालगन्जका उपमेयर कमरुद्दीन राई लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर सो बारेमा ध्यानाकर्षण गराएका थिए ।

सो ब्यारियर नाकामा सारिएपछि उक्त क्षेत्रका वासिन्दाले राहात महसुस गरेका छन् । स्थानीय मन्जुर खाँले ब्यारियर सार्ने र साढे १० बजे रातिसम्म खुला राख्ने निर्णय अति नै सराहनीय रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।