बाँके । घटस्थापनाका दिन नेपालगन्जका बिभिन्न चोक र गल्लीमा राखिएका दुर्गा मुर्ति राप्ती नदिस्थित सिधनिया घाटमा बिसर्जन गरिएको हो।

दुर्गा मुर्ति बिसर्जनलाई व्यवस्थित र मर्यादित बनाउन बाँके प्रहरीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको थियो। कुनै अप्रिय घटना हुन नदिन ड्रोनबाट समेत अवलोकन गरिएको थियो।
दुर्गा मुर्ति बिसर्जन गर्न निकालिएको र्यालीलाई व्यवस्थित बनाउन १३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपि तुलबहादुर कार्कीले जानकारी दिए ।
संवेदनशिल ठाउँको पहिचान गरि घरको छतबाट समेत प्रहरीले निगरानी गरेको थियो भने सादा पोशाक प्रहरीले पनि निगरानी गरेको उनले बताए । सबैको साथ र सहयोगले दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। साथ, सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद,’ एसपि कार्कीले भने।

दुर्गा मुर्ति बिसर्जन कार्यक्रमको सुरक्षार्थ ठुलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन भएका थिए भने र्याली अवलोकन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख एसपि कार्की, सशस्त्र प्रहरी बल ३० नम्बर गण हेड क्वार्टर बागेश्वरीका गणपति एसपि बिमल डाँगी त्रिभुवन चोक पुगेका थिए।