२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

मंगलबारदेखि सम्पूर्ण सरकारी कार्यालयहरु खुल्ने भएपछि बजारमा चहलपहल बढ्यो

Logo
Abc Sanchar प्रकाशित सोमबार, आश्विन २८, २०८१

 

काठमाडौं । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो ।

उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]