२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

उपमेयर बेघाले मेयर साम्पाङले आफूलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहक दिएकोमा आपत्ति

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २९, २०८१

 

धरान । उनले मेयरले विगतदेखि नै विधि, प्रक्रिया र नियम कानूनको उल्लंघन गरेको र यसपटक पनि त्यसैको निरन्तरता स्वरुप वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

उपप्रमुख बेघाले आफ्ना धारणा सार्वजनिक गर्न अपराह्न ४ बजे धरानमा पत्रकार सम्मेलन आयोजना गरेको उनका एक सहयोगीले जानकारी दिए ।

‘मेयर साब निरन्तर रुपमा नियम, विधि र पद्धतिविपरीत मुढे पारामा चल्दै आउनुभएको छ’, उनले भने, ‘पछिल्लो पटक वडाअध्यक्षलाई कार्यबाहक दिने निर्णय पनि त्यसैको निरन्तरता हो ।’

साम्पाङले बिहीबार आफू बेलायत जाने भएपछि उपप्रमुख बेघालाई नदिई वडा नम्बर–११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका छन् ।

असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी फागुलाई कार्यबाहकको जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका छन् ।

बेघाले साम्पाङको कार्यशैलीको विरोध गरेका कारण उनीहरुबीच राम्रो सम्बन्ध छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]