२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

दाङको भालुवाङमा नाबालिकाको बलात्कार एक हप्ता बितिसक्दा पनि दोषी पक्राउ परेन स्थानीयहरु चिन्तित

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, आश्विन २९, २०८१

 

दाङ । भालुवाङ पूर्वी दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नाबालिका बलात्कारको शिकार भएकी छिन् । गएको बिहीबार बेलुका अधिकांश मानिसहरु दशैँ पर्वको रौनकमा मस्त झुमिरहेको मौकामा यस्तो नरकीय क्रियाकलाप भएको बताइन्छ । अरुलाई दशैँ लागिरहेको अवस्थामा ती नाबालिकामाथि कुनै एक राक्षसले आफ्नो विशालु नंग्रा मात्रै गाडेन, उसको यौनप्यासको साधन बनाएछ ।

घटना गत असोज २४ गते बिहीबार बेलुकातिर घटेको थियो । जानकार श्रोतले बताए अनुसार उक्त घटना सशस्त्र प्रहरीको गण नजिक दशैँ पर्वका लागि बनाइएको लिंगेपिङ खेल्न गएको अवस्थामा राप्ती गाउँपालिका-१,भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने वर्ष ८ कि नाबालिका बलात्कारको शिकार भएको जानकार श्रोत बताउँछ।

सोही घटना घटेको केही समयपछि ती बालिका डेरामा फर्केर आफ्नी आमाशीत आफ्नो पिसाब गर्ने अंगमा साह्रै दुखेको छ भन्दै जानकारी गराइन् । अनि आमाले छोरीको योनाङ्ग हेर्दा असाध्यै रगत बगिरहेको र घाउ समेत देखेपछि आमाले प्रहरीलाई खवर गरेकी थिईन् ।

भालुवाङमा रहेको प्रस्तावित अस्पतालमा सामान्य स्वास्थ्यस्थिति परिक्षण एवं उपचारपश्चात् ती नाबालिकाको इलाका प्रहरी कार्यालय भालुवाङ्ले घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण भएको थियो । परिक्षण प्रतिवेदनमा नाबालिका बलात्कृत भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन ।

उपरोक्त विषयमा प्रहरीसँग सोधपुछ गर्दा प्रहरीले दोषी पत्ता लागि नसकेको र घटनाबारे अनुसन्धान भइरहेको र छिट्टै दोषी पक्राउ गरि सार्वजनिक गर्ने बताएको छ । तर घटना घटेको झण्डै एकहप्ता समय बितिसक्दा पनि बलात्कारको दोषी समात्न नसकेकोमा निर्मला पन्त घटना जस्तै प्रहरीले अपराधी लुकाउन खोजेको आशंकामा स्थानीयबासीहरु आक्रोशित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!