२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनको रूपमा स्थापित भएको सस्था हो आईजिपी कुँवर

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक ०१, २०८१

 

काठमाडौं । ६९औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए ।

महानिरीक्षक बसन्त कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए ।

बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उनले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धी हासिल भएका बताए । ‘बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागुऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ’, प्रहरी महानिरीक्षक कुँवरले भने ।

उनले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पारे । महानिरीक्षक कुँवरले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी सङ्गठनका रूपमा रूपान्तरणका लागि कटीबद्ध रहन निर्देशन दिए ।

सो समारोहमा प्रमुख अतिथि एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले ‘प्रहरी दर्पण २०८१’ लोकार्पण गरेका थिए । पुरस्कृत व्यक्तित्व बस्नेतले प्रहरी फौज स्थापनाको मर्मअनुसार काम गर्न सिङ्गो सङ्गठन प्रतिबद्ध हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!