२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

मोरङका एसपी हेडक्वाटर तानिए चारजना प्रहरीहरु छानबिनमा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०४, २०८१

 

विराटनगर । अनलाइन जुवा खेलाउनेसँग मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत प्रहरी निरीक्षक नवराज कार्कीसहित चार जनालाई तानेर छानबिन सुरु गरेको छ ।

अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको भेटिएपछि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत प्रदेश प्रहरी कार्यालय तानिएका हुन् ।

सोही घटनामा जोडिएपछि मोरङ प्रहरी प्रमुख नवराज कार्की शुक्रबार हेडक्वाटर तानिएका थिए । प्रदेश कार्यालयले लेनदेनमा जोडिएका थप प्रहरीमाथि पनि छानबिन सुरु गरेको छ । प्रदेशमा तानिएका प्रहरी मोरङका घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) हुन् ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको रंगेहात भेटिएपछि ४ प्रहरी तानिएका हुन् । सोही घटनाका कारण एसपी कार्की हेडक्वाटर तानिएका हुन् ।

विराटनगरमै भएको घटनाको आन्तरिक छानबिनका लागि प्रदेशमा तानिएको प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । ‘केही न केही अनियमितताको सूचनापछि छानबिन भइरहेको छ,’ उनले भने, ‘बिना तथ्य केही गर्न भएन, तथ्यका आधारमा छानबिन भइरहेको छ ।’

प्रहरी उपरीक्षक नवराज कार्कीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने बताउँदै उनले अन्य प्रहरीमाथि कोशी प्रदेशबाट छानविन भइरहेको बताए । अनलाइन कारोबारका विषयमा मोरङको टोलीले लेनदेन गर्दै गरेको सूचना पुगेपछि प्रदेश प्रहरी कार्यालयले छानविन गरेको थियो ।

सो छानविनका क्रममा प्रदेश तानिएका प्रहरीले लेनदेन गरेको देखिएको थियो । तर यो घटनालाई प्रदेश प्रहरीले गुपचुप राख्न खोजेको छ । प्रदेश प्रहरी स्रोतका अनुसार कारोबारी र प्रहरीबीच २५ लाख रुपैयाँ लेनदेन भएको देखिएको थियो । जिल्लाको टोलीले रकम लिएको विषयमा प्रदेशले आन्तरिक छानविन सुरु गरेपछि रकम लिनेले सो रकम फिर्ता गरेको स्रोतको दाबी छ ।

प्रदेश प्रहरी प्रमुख खापुङले भने रकम लेनदेन गरेको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले अनियमितताको सूचनाका आधारमा छानबिन चलिरहेको बताउँदै थप विषय खुलाउन चाहेनन् । आन्तरिक छानबिन गरिरहेको प्रदेश प्रहरीले अनलाइन जुवा खेलाउने गिरोहलाई भने पक्राउ गरेको छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङको आन्तरिक विषयको छानबिन प्रदेश प्रहरीले गरिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!