२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अर्घाखाँची सातमारामा चलिरहेको महोत्सवमा कलाकारहरुको बिजोड पस्तुती दर्शकहरु बढ्न थाले

Logo
बिदुर एमसी प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

 

दाङ । भालुवाङ अर्घाखाँची संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दर्शकले मन पराएका कलाकार आउन थालेपछि दर्शकहरु संख्यामा वृद्धि हुन थालेको आयोजकले बताएको छ । दशैं तिहारका बीचमा महोत्सव राखिएकाले अव लगातार दर्शक बढ्ने अनुमान गरिएको छ ।

महोत्सवको मंगलवार पाँचौ दिन चर्चित लोक दोहोरी गायक श्याम राना मगर र जालुमाया गुरूङले मञ्च तताएका छन् । स्टेज चढ्ने बित्तिकै हसाउन थालेका रानाले आफ्नो प्रस्तुतीमा दर्शक तथा मञ्चमा आसिन अतिथिहरुलाई नचाउनुका साथै उनको कमेडियन प्रस्तुतीले दर्शकहरु गलल हाँसेका थिए । आधा दर्जन बढी गीत गाएका रानालाई दर्शकहरुले अत्यधिक मन पराउने गरेका छन् ।त्यस्तै महोत्सवमा चर्चित गायिका जालुमाया गुरङले पनि आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । उनको प्राया सवै गीतमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । त्यस्तै महोत्सवमा डान्सरहरू एलिसा राना मगर, प्रकाश सोनी, निशु सेर्पाइली, खेमराज पाण्डे, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे लगायतका कलकारले आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ ।महोत्सवको छैंठौ दिन कार्तिक ७ गते चर्चित गायिका ज्योती मगर, गायक कृष्ण रेउले लगायतका कलाकारहरु आउँदै
यसै बीच महोत्सवको छैंठौ दिन चर्चित गायिका ज्योती मगर, गायक कृष्ण रेउले लगायतका कलाकारहरु आउन लागेका छन् । त्यस्तै महोत्सवमा गायक तथा उद्घोषक राजेश भण्डारी, डान्सरहरू एसिका राना मगर, प्रकाश सोनी, खेमराज पाण्डे, उदघोषक दिपक बर्मा लगायतका कलकारले समेत भोलीको महोत्सव तताउने कलाकार संयोजक शालिकराम भण्डारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]