२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

तिहारमा पटाकाजन्य पदार्थ पड्काउन नपाइने प्रशासनद्वारा प्रहरीलाई रोक्न निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

 

बाँके । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ ।

दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी !

सीमानाकामा सुरक्षाकर्मीको डेस्क नै तैनाथ गरेर अवैध ओसारपसार नियन्त्रण गर्ने तयारी सरकारले गरेको बताए ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने भएकाले पहिले नै सचेतना अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]