२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

फिल्म शैलीको ठगीको सिकार बन्दै,तराईका महिलाहरूले लाखौँको सुनचाँदीका गरगहना गुमाए

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक ०७, २०८१

रौतहट । भारतबाट भाँडाकुँडा बोकेर आएको समूहले महिलाहरूलाई प्रलोभनमा पारेर ठगी गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनाअनुसार जिल्लाको सीमावर्ती गाउँहरू गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टीलगायतका स्थानमा भारतीय महिलाहरूको एक समूहले सुनचाँदीका महँगा गरगहना ठगी गरेका हुन् ।

ठगी गर्ने महिलाहरूले विभिन्न प्रलोभन देखाउँदै गरगहना दोब्बर बनाइदिने, थपमा नगद र उपहारसमेत दिने भन्दै महिलाहरूको बहुमूल्य गरगहना लिएर फरार भएको प्रहरीको भनाइ छ । ठगीमा संलग्न महिलाहरूले स्थानीय महिलाहरूलाई पायल, विच्छिया, र मङ्गलसूत्र जस्ता गरगहनाहरू दिएर अर्को दिन दोब्बर र थप उपहार दिने भन्दै लुटेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार ठगीको घटनाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । “५० लाख रुपैयाँभन्दा बढीको गरगहना ठगी भएको अनुमान छ,” उनले भने । प्रहरी कार्यालयले अहिलेसम्म कुनै औपचारिक उजुरी प्राप्त नभए पनि ठगी गर्ने समूहको खोजी तीव्र पारिएको छ ।

प्रहरीले तिहार र छठजस्ता चाडपर्वको अवसरमा ठगीको जोखिम अझ बढ्न सक्ने चेतावनी दिंदै, स्थानीयलाई सचेत रहन अनुरोध गरेको छ । “यस्ता ठगी गर्ने व्यक्तिहरू देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन हामीले आग्रह गरेका छौँ,” प्रहरी उपरीक्षक घिमिरेले भने ।

प्रहरीले ठगीमा परेका केही महिलाहरूले घटनामा संलग्न दुई जनाको तस्बिर उपलब्ध गराएको बताए पनि ठगहरूको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार ठगी गर्ने महिलाहरूले मिठो बोल्ने, नजिक भएर विश्वास जित्ने र जिउमा हात राख्दै महिलाहरूलाई सम्मोहित गर्ने जस्ता क्रियाकलाप गरेर ठगी गरेका छन् ।

मधेस प्रदेशका अन्य सीमावर्ती जिल्लाहरूमा पनि यस्ता घटनाहरू हुन सक्ने भन्दै, प्रहरीले स्थानीयलाई सजग हुन र यस्ता प्रलोभनबाट जोगिन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]