२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नेपाल प्रहरीको ८ जना डीआईजीहरुको दरबन्दी रिक्त को को छ्न प्रतिस्पर्धामा,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २६, २०८१

 

काठमाडौं । डीइआईजीहरु बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेसँगै रिक्त सङ्ख्या ८ पुगेको हो । कार्तिक १४ मा बढुवा समितिले गुरुङ र ढकाललाई बढुवा सिफारिस गरेको थियो ।रिक्त दरबन्दीमा बढुवा हुन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसँगै प्रहरीमा प्रवेश गरेका वरिष्ठ उपरीक्षहरु प्रतिस्पर्धामा छन् । भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द आईजीपी कुँवरसँगै २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । तर, आफ्नो ब्याचमेच आईजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा ब्याचमेटहरु भने डीआईजी बढुवाको दौडमा छन् । शक्तिकेन्द्रले रुचाए मात्र बढुवा हुने संस्कारका कारण मेरिट लिस्टको टप थ्रिमा रहेका उनीहरूको बढुवा अझै अन्योल छ । यसपटक बढुवामा छुटेमा उनीहरू एसएसपीमै अवकाशमा जानेछन् । भोला बहादुर रावल र ध्रुव राज राउत २०७८ मङ्सिर १२ मा एसएसपी भएका हुन् ।मेरिट लिस्टको चौथो नम्बरमा सिद्धी विक्रम शाह, पाँचौँमा सुशील सिंह राठौर र छैटौँ नम्बरमा उमा प्रसाद चतुर्वेदी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक र ओमबहादुर राना बढुवाको सातौँ, आठौँ र नवौँ नम्बरमा छन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।२०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआईजीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सो ब्याचका प्रतिस्पर्धी हुन् । उनीहरूसँगै सेवा प्रवेश गरेका दान बहादुर कार्की, डा. मनोज केसी र राज अधिकारी डीआईजीमा बढुवा भैसकेका छन् । कार्की सहितका ३ जना २०८१ चैत १४ मा डीआईजीमा बढुवा भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!