०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
×

प्रियंका मिस वर्ल्ड बन्दा उनका पति निक ८ वर्षका थिए

Logo
प्रकाशित आइतबार, आश्विन १२, २०७६

प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो ।

निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक र प्रियंकाकाे सम्बन्धले मायालाई उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएकाे छ ।

 सन् २००६ मा निकको पहिलो एल्बम इट्स अवाउट टाइम आएको थियो, त्यो बेला उनको उमेर मात्र १३ वर्षको थियो ।

निकको जन्म १६ सेप्टेम्बर १९९२ मा अमेरिकाकाे टेक्सासको डालास शहरमा भएको थियो, उनले ७ वर्षको उमेरमा नै काम गर्न सुरु गरेका थिए । निकले सन् २००२ मा आफ्ना पितासँग मिलेर अफ्नो पहिलो गीत जोए टु द वर्ल्ड गाएका थिए, जुन गीत निक आफैँले लेखेका थिए । त्यसपछि उनी गायनको माध्यमबाट चिनिँदै गए ।

सन् २०१४ मा निक जोनलाई बेलायती म्यागेजिन ओके र सन् २०१५ मा अमेरिकी म्योगेजिन पिपुल्स ले सेक्सिएस्ट मेन अलाइभ बाट सम्मान गरेको थियो ।

निकले अहिलेसम्म १७ ओटा म्युजिक एल्बमका लागि गीत गाएका छन् । डेली मेलको रिपोर्टका अनुसार निकको वार्षिक कमाइ २५ मिलियन डलर बराबर रहेको छ ।

प्रियंका र निकले २०१८ काे डिसेम्बर १ तारिखका दिन विवाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आउँदो असोज १० गते हुन लागेको निर्वाचनमा व्यवसायी अनिल आचार्यको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवारी दिने भएको छ। व्यवसायीहरूको हक, हित, अधिकार र व्यावसायिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आचार्य नेतृत्वको प्यानल निर्वाचनमा होमिन लागेको जनाएको छ। स्वतन्त्र व्यावसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा गेहेन्द्र बस्नेत, उद्योग उपाध्यक्षमा मित्रदेव अधिकारी, वाणिज्य […]

टाउको दुख्नुको कारण के के हुन् काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि […]

दाङ । नेपाल विविध संस्कृति, परम्परा, भाषा र खानाका परिकारले भरिपूर्ण देश हो। हिमाल, पहाड र तराईका हरेक क्षेत्रले आफ्नै मौलिक पहिचान बोकेका छन्। तर आधुनिक जीवनशैली, बढ्दो शहरीकरण र विदेशी संस्कृतिको प्रभावका कारण स्थानीय उत्पादन तथा रैथाने खानाको प्रयोग क्रमशः घट्दै गएको छ। यस्तै अवस्थामा रात्रिकालीन बजारको अवधारणा र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन […]