१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

दाङको घोराही तुलसीपुर चार लेन सडक नेपाल सरकार आफैले निर्माण गर्ने,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १२, २०८१

 

दाङ । सरकारले घोराही–तुलसीपुर सडक खण्डलाई चार लेनमा बिस्तार गर्न भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।

तीस महिनामा निर्माण सम्पन्न गर्नेगरी सडक निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले सडक निर्माणको काम गर्न सकेन ।

पटक पटक म्याद थप गरेर निर्माणको पहल थाल्दा समेत सडक निर्माणको कामले गति लिन नसकेपछि २०८० जेठमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङसँग सरकारले ठेक्का सम्झौत रद्द गरेको थियो ।

सडक निर्माणका लागि पाँच पटकसम्म म्याद थप गरिएको थियो । स्थानीय पेटी ठेक्कामार्फत काम गर्न खोजेको भारतीय निर्माण कम्पनीले निर्माणको काम गर्न सकेको थिएन । भारतीय निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेपछि सरकारले घोराही–तुलसीपुर सडक निर्माण आफैले गर्ने निर्णय गरेको छ । सडक निर्माणका लागि सरकारले करिव चार अर्व रुपियाँ बजेट सुनिश्चित्ता गरेको छ ।

अर्थ मन्त्रालयले मंङ्सिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो । मदन भण्डारी राजमार्गअन्तर्गत करिव तीन अर्ब ९९ करोड ४९ लाख रुपियाँको बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगसमक्ष अर्थ मन्त्रालयले पत्र पठाएको थियो ।

भारतीय निर्माण कम्पनीसंँगको ठेक्का सम्झौता रद्द भएपछि घोराही–तुलसीपुर सडकलाई चार लेन बनाउनेगरी नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । त्यसअघि घोराही–तुलसीपुर सडक खण्डको करिब २९ किलोमिटर सडकमध्ये १४.४६ किलोमिटर चार लेन र १३.७६ किलोमिटर दुई लेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो ।

नयाँ डिपिआर स्वीकृतिका लागि गत साउनको पहिलो साता सडक विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै भारत पठाइएको थियो । तर लगानीकर्ता भारतीय एक्जिम बैङ्कबाट स्वीकृतिका लागि भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाएको थियो । लगानीकर्ताबाट जवाफ नआएपछि नेपाल सरकारले स्रोत सुनिश्चित गरेर चार लेन सडक निर्माणको कामलाई अघि बढाउन थालेको छ ।
अर्थ मन्त्रालयले अब बहुवर्षीय योजनाअन्तर्गत घोराही–तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । यो सडक खण्डको २१ दशमलब ५८ किलोमिटरको काम हुनेछ । गएको असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार परियोजनाका लागि बजेट व्यवस्थापन गरिएको थियो ।

परियोजना कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक निर्देशनसहित योजना अघि बढाउन भनिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत विष्णुहरी रेग्मीले जानकारी दिनुभयो ।

चार लेन सडक निर्माणको काम अलपत्र परेपछि स्थानीयहरुले सास्ती बेहोर्दै आएका थिए । स्थानीयहरु यो सडकको अवस्थाका कारण राजनीतिक दलहरुप्रति असन्तुष्ट बन्दै आएका छन् । तर सरकार आफैले निर्माण गर्ने निर्णयले स्थानीयहरुमा नयाँ आशाको सञ्चार गराएको घोराही निवासी नारायणप्रसाद श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि अलपत्र बनेको सडक सरकारले आफ्नै लगानीमा गर्ने निर्णयले जनतामा उत्साह थपेको भन्दै उहाँले भन्नुभयो, ‘सडक समयमै निर्माण नहुँदा जनताले यात्रा गर्दा दुःख पाउनु पर्ने अवस्था थियो । सरकारले बजेट बिनियोजन गरेर निर्माण गर्ने निर्णयले सडक बन्ने आशा जगाएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।