१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

आफ्नै घरमा सुतिरहेका साथीको हत्या,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर १३, २०८१

 

मकवानपुर । मनहरी गाउँपालिका–६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।

गए राति साढे एक बजेतिर  अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्ने गरेको डिएसपी अर्यालले जानकारी दिए । उनीहरू दुवै जना प्रायजसो लोप्चनको घरमा सुत्ने गरेको पाइएको उनले जानकारी दिए । लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ । उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।